Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025
काठमाडौं- काठमाडौं महानगरापलिकाका पूर्वमेयर केशव स्थापितले कल्पना गरेको वैधानिक यौन क्लब राजधानीमा अवैध रुपमा सञ्चालन भइरहेको खुलासा भएको छ ।
रेडियो तथा टेलिभिजनका स्रोताहरूको प्रतिनिधिमूलक संस्था लिस्नर्स क्लब नेपालका नाममा अवैध यौनधन्दा चलेको सुइको पाएपछि प्रहरीले यसको सूक्ष्म अध्ययन थालेको छ ।
राजधानीका धनाढ्य महिला र पुरुषहरू जो फुर्सदिला छन् उनीहरूले समय बिताउनका लागि घरमा बसेर रेडियो टेलिभिजन सुन्ने र साथी बनाउने क्रमसँगै उनीहरूसँग यौनधन्दा नै चलाउन थालेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिनप्रतिदिन श्रीमान् श्रीमती सम्बन्ध-विच्छेद गर्ने क्रम बढ्दै जाँदा त्यसको प्रभाव लिस्नर्स क्लबमा पनि पर्न थालेको छ । संगठित रूपमा रहेका क्लबका सदस्यहरू नै यौनधन्दामा संलग्न भएपछि श्रीमान-श्रीमती, छोरा-छोरीमाथि अभिभावकले निगरानी गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
रेडियो टेलिभिजनमा फोन गर्ने साथी बनाउने र नजिक हुने अनि घरमै श्रीमतीले भुसतिघ्रे ल्याएर श्रीमानको अगाडि साथी भनेर चिनाउने त्यस्तै श्रीमान्ले अधवैंशे महिलाहरूलाई घरमै ल्याएर श्रीमतीको अगाडि साथी भनेर चिनाउने रात दिन बाहिर समय बिताउने हुन थालेपछि त्यसमा भाँडभैलो हुन थालेको छ ।
सुत्रका अनुसार भर्खरै क्लबमा आबद्ध व्यक्ति सम्बन्ध-विच्छेदका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेपछि यी सवै कुराको पर्दाफास भएको हो । साउन महिनाको अन्तिम साता हुन लागेको साधारणसभामा यही अवैध धन्दाको पर्दाफास हुने र भाँडभैलो हुने एक सदस्यले सञ्चारकर्मीहरूसँग गुनासो पोखेका छन् ।
०६२ सालमा सञ्चारमाध्यमसँग सहकार्य गर्दै सामाजिक जनचेतनामूलक कार्यक्रमहरू गर्ने उद्देश्यका साथ क्लब गठित भएपनि पछिल्लो समयमा उनीहरू व्यक्तिगत मनोरञ्जनतिर लागेको आरोप लाग्ने गरेको छ । क्लबले सामाजिक कार्यमा पनि हात नहालेको भने होइन । सीमित व्यक्तिको स्वार्थका कारण क्लब धराशायी हुन थालेको चिन्ता व्यक्त गरिन् । यता क्लबको विधान २०६२ को धारा १३ को उपधारा ४ बमोजिम सदस्यमा हरिराम पौडेललाई मनोनयन गरीे महासचिवको जिम्मेवारी दिने साथै सोही धारा अनुसार राजकुमार सापकोटा र शितल लामालाई सदस्यमा मनोनयन गर्ने र महासचिव उत्तमबाबु भट्टराईलाई उपाध्यक्ष, उपाध्यक्ष दुर्गा दाहाल -पुडासैनी) लाई सल्लाहकारमा कार्य जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको क्लबले जनाएको छ । साथै सोही वैठकले विधान संशोधनको मस्यौदा तयार गरी साधारण सभामा पेश गर्न उपाध्यक्ष उत्तमबाबु भट्टराई र महासचिव हरिराम पौडेललाई जिम्मेवारी प्रदान गरेको छ । प्रमुख सल्लाहकार रोजु अधिकारी, अध्यक्ष छविरमण अधिकारी उपाध्यक्ष दिपिका थापा, महासचिव उत्तमबाबु भट्टराई, सचिव राजीब खत्री, कोषाध्यक्ष कल्पना घिमिरे, सदस्यहरू राजु बोहोरा, कल्पना बोहोरा, तेज प्रसाद घिमिरे, कृष्ण तोलाङगे, विवश भेटवाल अन्यमा हरिराम पौडेल, शितल लामा, दिलकुमारी राई, सीमा राई, लक्ष्मी कार्की, बरदा कोइराला र अस्मिता पाठक क्लबको हर्ता कर्तामा गनिने गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया