Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दोहा – नेपाली जनप्रगतीशील मञ्च कतारले कतारमा आयोजना गरेको नेपाली कम्युनिटीहरुबीचको खुल्ला मैत्रीपूर्ण भलिवल प्रतियोगिताको गत विहीवार भएको खेलमा १३ वटा टिम सहभागी भएका छन् । पहिलो चरणको सो खेलमा नेपाल युवा मैत्री तथा तनहुँ भानुमति बीच भएको खेलमा तनहुँ भानुमति समूह विजयी भएको थियो भने पहिलो चरणको अर्को समुहबीचको प्रतिस्पर्धात्मक खेलमा जनप्रगतीशील स्पोर्टस क्लव र एनपीपीएफ स्वयंसेवक समूहबीचमा एनपीपीएफ स्वयंसेवक समूह विजयी हुन सफल भएको छ ।

पहिलो चरणको तेश्रो समूहको खेलमा अर्घाखांचीसमूह र पाल्पा सेवा समाज बीच भएको प्रतिस्पर्धामा पाल्पाली सेवा समाज विजयी भएको थियो भने पहिलो चरणको चौथो खेल समूहका पर्वत युवा खेलाडि तथा ब्ल्याक क्याटबीच भएको खेलमा व्ल्याक क्याट समूह विजय प्राप्त गर्न सफल भएका थिए । त्यस्तैगरी नवलपरासी जनपुरिया युवा क्लव र पोखरा युनाईटेड क्लव बीच भएको खेलमा पोखरा युनाईटेड क्लव विजयी हुन सफल भएको छ । पहिलो चरणको छैटौं सहभागी समूहहरुमा स्याङ्जा सहयोग समाजलाई हराएर बाग्लुङ सेवा समाज दोश्रो चरणमा प्रवेश गर्न सफल भएको थियो भने बाग्लुङ सी बाईमा परेको थियो ।

दोश्रो चरणमा प्रवेश गरेकाहरुमध्ये बाग्लुङ सि र पाल्पाली सेवा समाज बीचको खेलमा पाल्पाली सेवा समाजले बाग्लुङ सि लाई हराएर आफुलाई सेमिफाईनलमा प्रवेश गराउन सफल भएको छ भने आयोजक समूहको स्वयंसेवक टोली एनपीपीएफ स्वयंसेवक र ब्ल्याक क्याट बीच भएको खेलमा ब्ल्याक क्याट बिजयी भएको छ । बाग्लुङ सेवा समाज र तनहुँ भानुमती बीच भएको खेलमा बाग्लुङ सेवा समाजले तनहुँ भानुमतीलाई हराएर अगाडि बढ्न सफल भएको छ । अब हुने आउँदो विहीबार अर्थात् जुन २८मा हुने खेलमा बाग्लुङ सेवा समाज र पोखरा युनाईटेड बीच घम्साघम्सी खेल हुँदैछ भने व्ल्याक क्याट र पाल्पाली सेवा समाज बीच अर्को घम्साघम्सी हुनेछ । खेल रातको १० बजेबाट सनैया रोड नं. को गेट नम्बर ४३ स्थित यथास्थानमा हुने आयोजकले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया