Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – कला संस्कृतिको पहिचानसहित विभिन्न किसिमका नेपाली परिकारको प्रवर्द्धन गर्दै पर्यटनसम्बन्धी प्रचारप्रसार गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि गर्दै आएको नेपाल महोत्सव यस वर्ष बेल्जियमको पुरानो सहरमा हुने भएको छ । नेपाली दुतावास बेल्जियमको संरक्षकत्वमा बेल्जियम एनआरएन लगायत संघ संस्थाको संयोजकत्वमा यही असार ३१ का दिन नेपाल महोत्सव २०१२ को आयोजना गर्न लागिएको हो ।

महोत्सवमा नेपालसम्बन्धी लोक नृत्य तथा विभिन्न जात जातिहरुको झाँकी तथा भेषभूषाको प्रदर्शन गरिने छ । साथै नेपाल भ्रमणका लागि अनुरोध समेत गरिने मूल आयोजक समितिकी अध्यक्ष तथा एनआरएन बेल्जियमकी अध्यक्ष जानकी गुरुङले बताइन् । त्यस अवसरमा नेपाली परिकारहरुको समेत प्रदर्शन गरिने भएको खाना गुणस्तर नियन्त्रण संयोजक युवराज गुरुङले बताए । महोत्सवमा १५ सय विदेशीहरुलाई समेत उपस्थिति गराउने योजना छ । महोत्सवको राजदूत राममणि पोखरेलको उदघाटन गर्ने कार्यक्रम छ । महोत्सवलाई भव्यरुपमा सफल बनाउन विभिन्न संघ संस्था लगायत स्थानीय संघ संस्थासंग सहकार्य गरिएको छ । ***

 

 

तपाईको प्रतिक्रिया