Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

मिचेत । म्याग्दी जिल्लाको सुन्दर गाउं दानाबाट बेलायत आइ बसोबास गरेका दानावासीहरुले शनिबार मिचेतस्थित तमु भवनमा बार्षिक भेटघाट गरेका छन । फ्रेण्डली ब्रदर्श दाना सेरोफेरो समाजले आयोजना गरेको बार्षिक भेटघाटमा कार्यक्रममा सहभागिहरुले विभिन्न सांस्कृतिक कार्यक्रम, खानपिन तथा एक अर्कालाई भेटघाट गरी आफन्तमा खुशी तथा दुख साटासाट गरे ।

समाजका अध्यक्ष कमल पुर्जाको अध्यक्षतामा सम्पन्न कार्यक्रम म्याग्दी प्रवासी नेपाली संघका मोनाका अध्यक्ष योगकुमार फगमीले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा मोनाका संरक्षक योगेन क्षेत्री र गायिका कल्पना पुन समेत सहभागि भए ।

कार्यक्रममा बोल्दै मोनाका अध्यक्ष फगामीले छोटो समयमा पनि धेरै उपलब्धि हासिल गर्न दाना समाज सफल भएको बताए । प्रवासमा रहेका मोनावासीहरुले आफ्नो जिल्लाको विकास र जिल्लावासीको उत्थानका लागि विभिन्न क्षेत्रबाट सहयोग गरीरहेको बताउंदै उनले यसलाई निरन्तरता दिन आग्रह समेत गरे । उनले सेप्टेम्बरमा हुने मोना युकेको साधारणसभामा सक्रिय सहभागिता हुन सबै जिल्लावासीहरुलाई आव्हान गरेका थिए ।

समाजका अध्यक्ष कमल पुर्जाले कार्यक्रम अत्यान्त सफल भएकोमा आफु खुशी भएको बताए । यद्यपि समाजका केहि सदस्यहरु अस्वस्थताका कारण सहभागि हुन नसकेकोमा दुःख व्यक्त गर्दै उनले उनीहरुको स्वास्थ्यलाभको कामना गरेका थिए । मोनाको स्थापनासंगै करिब २००४ मा स्थापित दाना सेरोफेरो समाज औपचारिक रुपमा २००५ बाट स्थापित भएको अध्यक्ष पुर्जाले बताए ।

केहि बर्षअघिमात्र गठन भएको समाजको आमासमुहले स्वागत गित तथा एकताभाव र देशप्रेमी गित गाएका थिए । आमा समुहको तर्फबाट नवविवाहित जोडीहरुलाई डा. सुमित्रा पुर्जाले सम्मान गरेकी थिइन । त्यस्तै बाबा समुहका तर्फबाट सचिव भिम पुर्जाले नृत्य गरेका थिए । कार्यक्रममा ज्ञानु पुनले बैंस फुल्ने विहान आयो गितमा नृत्य प्रस्तुत गरेकी थिइन ।

सो अवसरमा मगरजातीहरुको पुख्र्यौली नाच विशेष आकर्षण बनेको थियो । सांस्कृतिक कार्यक्रमलाई थप आकर्षण बनाउंदै तुलचन्द्र पुर्जाले गित गाएका थिए । कार्यक्रमको अन्त्यमा सहभागि कलाकार कल्पना पुन र तुलचन्द्र पुर्जाको दोहोरी अत्यन्त रोचक थियो ।

भिमबहादुर पुर्जाबाट सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष बलबहादुर पुर्जाले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराएका थिए ।

कार्यक्रममा मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष दुत पुन (चिमखोले काईला) संस्थाका सल्लाहकार तथा पदाधिकारीहरु लगायत मोना र दाना गाविसका वासीन्दाहरुको बाक्लो सहभागिता रहेको थियो । ***

तपाईको प्रतिक्रिया