Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025

टोकियो – जापानका नेपालीहरुको बारेमा कार्यक्रम तयार पार्न जापान आएको बिबिसिको साझा सवाल टोलिले आउँदो अप्रिल ११ तारिख बुधबारका दिन टोकियोमा उक्त कार्यक्रम गर्ने भएको छ । कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय साझा सवालको युनिट गत शुक्रबार अपरान्ह जापान आईपुगेको हो । साझा सवालको टिमलाई नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, राजेन्द्र श्रेष्ठ लगायतले नारिता विमानस्थलमा स्वागत गरेका थिए ।

जापान आएको टिमले जापानमा रहेका नेपालीहरुको अवस्था, सफलताको कथा, नेपालीका समस्या, चुनौती, अवसर र संभावनाका बारेमा बिभिन्न क्षेत्रका नेपालीहरुको बिचार संकलन गरेर साझा सवाल कार्यक्रम तयार पार्ने बुझिएको छ । यसैगरी गत बर्षको भूकम्प तथा सुनामीको संकटलाई जापानी जनताहरुले कसरी ब्यवस्थापन गर्न सके र भूकम्प तथा सुनामीजस्ता दैवीप्रकोपबाट बच्न जापान सरकारले के कस्ता होसियारीहरु अवलम्बन गरेको छ भन्ने बारेमा कार्यक्रम निर्माण गरिने कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठले बताए । सो कार्यक्रमका लागि टोली भूकम्प तथा सुनामी प्रभावित क्षेत्र सेन्दाई तथा फुकुसीमा जाने तैयारी गरिरहेको बुझिएको छ ।

टोकियोमा हुने कार्यक्रममा यहां रहेको नेपाली राजदूतावास, बिभिन्न संघसंस्थाहरुलगायत अध्ययन, रोजगारी र व्यवसाय गरिरहेकाहरु नेपालीहरुलाई सहभागी गराई जापानको नेपाली समुदायको वास्तविक चित्र उतारिने प्रयास गरिने साझा सवाल युनिटले बताएको छ ।

लोकप्रिय कार्यक्रम ‘साझा सवाल’ कार्यक्रम कान्तिपुर टेलिभिजन र बीबीसी नेपाली सेवाबाट आइतबार राति ९ बजे एकैसाथ प्रसारण हुन्छ । नेपालका व्यवसायिक तथा सामुदायिक रेडियोले पनि यो कार्यक्रम देशभरबाट प्रसारण गर्दै आएका छन् ।

कार्यक्रमको स्थान, मिति र समय निम्न अनुसार रहेको छः-

मिति: ११ अप्रिल २०१२ बुधबार
समय: दिउसो १:३० बजे
स्थान: तोचुका चिइकी सेन्टर, सातौ तल्ला  (सिन्जुकु कु ताकादानोबाबा २-१८-१), फ़ोन: ०३-३२०९-८००१
रेल सेवा:
 जेआर यामानोतेलाईन, तोजाई लाईनको  ताकादानोबाबा स्टेशनबाट १ मिनेट मात्र  (Waseda Exit)

 

तपाईको प्रतिक्रिया