मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
कैलाली- कैलालीको धनगढीस्थित होटेल डिभोटीमा कार्यरत दुई जना बहिराबीच मंगलबार अन्तरजातीय विवाह भएको छ।
एक वर्षदेखि होटलमा वेटरको रुपमा कार्यरत कञ्चनपुर जिल्ला परासन गाविस-८ बीचफाँटाकी मीना रोकाया- र सोही होटलमा आठ महिनादेखि वेटरमा कार्यरत् बाँके जिल्ला कोहलपुर नगरपालिका-५ खरगुहारका पुरन सार्कीबीच साङ्केतिक भाषाले प्रेम पलाएपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्।
एक्काइस वर्षीया उनीहरु दुवैबीच प्रेम सम्बन्ध भएको सहकर्मीले थाहा पाएर आफूलाई बताएपछि दुवैतर्फका अभिभावकलाई बोलाएर  सबैको राजीखुशीमा होटल परिसरमै विवाह आयोजना गरेको होटेल सञ्चालक कृष्णबहादुर महराले बताए।

तपाईको प्रतिक्रिया