Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

४ डिसेम्वर, नागोया । नेकपा एमाले बैकल्पिक पोलिटब्युरो सदस्य एबम पूर्व सांसद खगराज अधिकारीको प्रमुख आतिथ्यमा आज नागोयामा नेपाली लोकतान्त्रिक मंच जापानको नागोया क्षेत्रीय कमिटिको दोश्रो अधिबेशन आइतवार सम्पन्न भएको छ ।

नागोयाको ओजोने स्थित कम्युनिटी सेन्टरमा भएको खुल्ला अन्तरक्रिया कार्यक्रमसहितको अधिबेशनले चार सदस्य पछि थप गर्ने गरी सुमन पौडेलको अध्यक्षतामा ११ सदस्यीय एनडिएफ जापान क्षेत्रीय कमिटी नागोया गठन गरेको छ ।

कमिटीको उपाध्यक्ष्यमा कोमल लामा, सचिवमा सुभाष शर्मा , कोषाध्यक्ष्यमा विश्व पराजुली र सदस्यहरुमा दिपेन्द्र अर्याल, पोषबहादुर गुरुङ र हरि श्रेष्ठ रहेका छन् । संस्थाका निवर्तमान अध्यक्ष्य अन्जन खनालले पेश गर्नुभएको आर्थिक र राजनीतिक प्रतिबेदनलाइ सर्वसम्मतले अनुमोदन गरिएको थियो भने बन्द सत्रमा एमाले नेता खगराज अधिकारीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

मंचको अधिबेशन सम्पन्न पछि नेपालको समसामयिक बिषयमा गरिएको खुल्ला अन्तरक्रिया कार्यक्रममा उपस्थित अतिथिहरुले नेपालको शान्ति प्रक्रिया र संबिधान निर्माणका बारेमा आ-आफ्ना धारणाहरु राखेका थिए । नेपालबाट आउनुभएका एमाले नेता तथा कार्यक्रमका प्रमुख अतिथि खगराज अधिकारीले नेपालको वर्तमान अवस्थाको बारेमा जानकारी गराउदै सहभागीहरुले राखेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्ले उपस्थित हुनुहुन्थ्यो भने अथितिहरुमा संस्थाका महासचिव सुन्दर पौडेल, सूर्य पाठक,  डा. दिलिपचन्द्र घिमिरे, मेघराज नेपाललगायतका ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

अन्य अतिथिहरुमा एनआरएन आइसीसी सदस्यद्वय रोविन्द श्रेष्ठ गोबिन्द, डा. सुदिप अधिकारी, एनआरएन जापानका उपाध्यक्ष्य डिलाराम खरेल , जनप्रगतिशील मोर्चा जापानका केन्द्रीय उपाध्यक्ष प्रकाश न्यौपाने, जनसम्पर्क समिति जापानका केन्द्रीय उपाध्यक्ष शेरबहादुर केसी, नेपाल पत्रकार महासंघ जापानका सचिव हरिप्रसाद पोखरेल, एनआरएन जापान तोकाई होकुरिकुका कार्यबाहक अध्यक्ष बिष्णुप्रसाद घिमिरे हुनुहुन्थ्यो । नव निर्वाचित अध्यक्ष सुमन पौडेलको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नव निर्वाचित कोषाध्यक्ष विश्व पराजुलीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन मिलन घिमिरेले गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया