Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – तेश्रो कपिलवस्तु दिवसको अवसरमा डिसेम्बर १, २०११ का दिन नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रिया एवं लुम्बिनी विकासका लागि पहल गर्न नेपाल सरकारद्वारा गठित वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई अभिनन्दन गर्न बिशेष तयारी भएको छ । कार्यक्रममा पर्यटन तथा नागरिक उड्यन मन्त्री लोकेन्द्र बिष्ट, संस्कृति राज्यमन्त्री सुस्मा शर्मा, रुपन्देही; कपिलबस्तु र नवलरासी जिल्लाका सांसदहरु, थाइल्याण्डका The Dhammakaya Foundation का अध्यक्ष Lalita Pat र Ven. Kittipong, World Fellowship of Buddhist Youth का अध्यक्ष Dr. Pornchai Pinyapong, बेल्जियमबाट Pauul Vande Moortel को उपस्थिति रहनेछ । साथै वृहत लुम्बिनी विकास निर्देशक समिति, नेपाल पर्यटन बोर्ड, अभियानका बिस्व कार्य समितिका बिभिन्न देश तथा नेपाल राष्ट्रिय समितिका प्रतिनिधिहरु, पर्यटन ब्यबसायी, शिक्षक एबं बिद्यार्थी र सर्ब साधारणको समेत उक्त कार्यक्रममा उपस्थिति रहने छ ।

कार्यक्रमको पहिलो सत्र बिहान ९ बजेदेखि १२ बजेसम्म चल्नेछ भने दोस्रो सत्र दिनको १ बजेदेखि ३ बजेसम्म । दोस्रो सत्रमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रियामा अभियानका ताईवान संयोजक डा. हरिकुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय साँस्कृतिक दूत श्री मनोज गजुरेल, सार्क सल्लाहकार श्री केदार शाक्य, नेपाल राष्ट्रिय संयोजक नीलकण्ठ तीवारी र लुम्बिनी स्थानीय संयोजक श्री दुर्गा अर्यालले कार्यपत्र पेश गर्नु हुनेछ ।

साथै उक्त कार्यक्रमलाई भव्य र व्यवस्थित गर्न यस अभियानका विश्व सल्लाहकार डा. कविताराम श्रेष्ठको संयोजकत्वमा सह-संयोजकद्धय डा हरिकुमार श्रेष्ठ (ताइवान) र ओम गुरुङ्ग (जापान), लक्ष्मण पुरी (सदस्य सचिव), निलेश अधिकारी (सह–सचिव), धर्म बहादुर शाक्य (कोषाध्यक्ष ) रहने गरी कार्यक्रम व्यवस्थापन समिति समेत चयन गरेको छ । सल्लाहकारहरुमा केदार शाक्य, प्रेमराजा महत (कलाकार), मनोज गजुरेल (कलाकार) र बेखारत्न शाक्य हुनुहुन्छ भने सदस्यहरुमा हिमाल जंग भण्डारी, रमेश आशिक (स्पेन), शिवराज गौतम (कतार), निलकण्ठ तिवारी, सुशील पन्त, महेश तिमिल्सिना, चन्दा थापा, शान्ति लक्ष्मी शाक्य, गोपाल खतिवडा, दुर्गा अर्याल, प्रशान्त खरेल, रामचन्द पाण्डे, कुन्दन चापागाईं, माया गुरुङ्ग, रमना श्रेष्ठ, सुरेन्द्रराज श्रेष्ठ हुनुहुन्छ ।

स्मरण रहोस् २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया