धनगढी- संविधानसभा विघटन गरी नागरिक सरकारको माग गर्दै ४ दिनदेखि आहृवान गरिएको मध्य तथा पश्चिम तराई बन्द फिर्ता भएको छ ।
शनिबार बिहान बसेको बन्दकर्ता सातवटै घटकको बैठकले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको ठहरसहित बन्द फिर्ता लिएको थरुहट अध्यक्ष लक्ष्मण थारुले जानकारी दिए ।
बन्दका कारण जनजीवन ४ दिनदेखि प्रभावित भएको थियो । बन्दका कारण नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाको जनजीवन कष्टकर बन्दै गएको थियो ।
बन्दका कारण ती जिल्लामा बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् भने बजार, पसल, शिक्षणसंस्था र कलकारखाना पनि ठप्प थिए ।
कन्चनपुरमा भने स्थानीयवासीको प्रतिकारपछि निर्वाध सवारी सञ्चालन भएका थिए । प्रहरीले स्कर्टिङ गरेर यातायात सञ्चालन गरेको थियो ।