बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024
बागलुङ- बागलुङ बोवाङ-९ को फागुनेधुरीमा मंगलबार साँझ दुर्घटना भएको सेनाको विमानमा रहेका सबै छ जनाको शव बुधबार बिहान फेला परेको छ । विमान चालक विकाशसिंह राठौरबाहेक अरुको शव चिनिँदैन ।
नेपालगञ्जस्थित श्री नं.४ फिल्ड एम्बुलेन्स गुल्ममा उपचारको लागि भर्ना भएका सिपाही केशवसिंह ऐरी र सिपाही मिलन गोतामेलाई थप उपचारको लागि छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याउने क्रममा मंगलबार साढे ६ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको विमान बालगुङमा खसेको थियो ।
दुर्घटनामा चालक विकास सिह राठौर र दिवाकर कार्की सहित सह-सेनानी डा. रविता पाठक र सिपाही केशवसिंह ऐरीका दाजु नेपाल प्रहरीका जवान रघुवीर ऐरी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घटनास्थलबाट प्रहरीले सेनानी दिवाकर कार्कीको आईडी कार्ड, जहाजका टुक्राहहरु फेला पारेको छ ।
तपाईको प्रतिक्रिया