बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024
काठमाडौं- नेपालगन्जबाट काठमाडौंका लागि विरामी लिएर आएको नेपाली सेनाको दुर्घटनाग्रस्त आइल्याण्डर विमानमा रहेका सवैको शव डढेको अवस्थामा भेटिएको छ । यद्यपि दुइटा शव अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सेनाको आरएएन ४९ बीएन २ टी विमान साँझ ७ बजेर ६ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन विमान बागलुङको बोवाङ ९ ढोरपाटनमा साँझ सवा ७ बजेतिर दुर्घटनाग्रस्त भएको हो ।
सेनामा कार्यरत केशवसिंह ऐरी विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको विमान दुर्घटना हुँदा विमानमा दाजु रामसिंह ऐरी, विमान चालक क्या. दिवाकर कार्की, विशालसिंह राठौर, डा. रविता पाठक र मिलन गोतामेको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया