मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- नेपाली सेनाको विमान मंगलबार साँझ ७ बजेर १५ मिनेटमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
नेपालगन्जबाट काठमाडौंका लागि विरामी लिएर आएको नेपाली सेनाको आइल्याण्डर विमान मंगलबार साँझ दुर्घटनाग्रस्त भएको सहायक प्रवक्ता महासेनानी कुवेर थापाले  जानकारी दिनुभयो ।
सेनाको आरएएन ४९ बीएन २ टी विमान साँझ ७ बजेर ६ मिनेटदेखि सम्पर्कविहीन भएको हो । बागलुङको बोवाङ-९ ढोरपाटनमा दुर्घटनाग्रस्त हुँदा विमानका क्या. दिवाकर कार्की, विशालसिंह राठौर, डा. रविता पाठक, विरामी केशव ऐरी, उनका दाजु रामसिंह ऐरी र मिलन गोतामेको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया