मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- नेपाली सेनाको दुर्घटनाग्रस्त आइल्याण्डर विमान उद्दारका लागि उडेको सेनाको नाइटभिजन हेलिकोप्टर मौसम खरावीका कारण उड्न सकेन ।
सेनाको नाइटभिजन हेलिकोप्टर मौसम खरावीका कारण उड्न नसके पनि स्थानीय गणबाट सेना र प्रहरी घटनास्थल पुगेको सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले जानकारी दिए ।
सेनाको आरएएन ४९ बीएन २ टी विमान साँझ सवा ७ बजे बागलुङको बोवाङ ९ ढोरपाटनमा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा विमानचालक क्या. क्या. दिवाकर कार्की, विशालसिंह राठौर, डा. रविता पाठक, विरामी केशवसिंह ऐरी, उनका दाजु रामसिंह र सैनिक जवान मिलन गोतामेको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया