बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024
काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाबारे मंगलबार पनि निर्णय गर्न सकेन ।
अधिकांश सभासद्हरु रक्षामन्त्रीको भनाइलाई बचाउ गर्ने पक्षमा उभिएपछि बिहानदेखि बसेको फोरम बैठकले कुर्न निर्णय निकाल्न सकेन । राजनीतिक समितिकी सदस्य करिमा बेगमका अनुसार अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चा र माओवादीसँग छलफल गरेपछि भोली मात्र राजीनामा बारे निर्णय गर्ने बताए ।
सोमबार पनि राति अबेरसम्म बसेको बैठकले निकास निकाल्न सकेको थिए । बैठकमा मन्त्री भण्डारी पनि राजीनामा नदिने पक्षमा दृढतापूर्वक उभिएका छन् । ***
तपाईको प्रतिक्रिया