शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीको राष्ट्रयिताविरोधी अभिब्यक्तिलाई राष्ट्रघाती भएको ठहर गरेको माओवादीले मंगलबार बोली फेरेको छ ।
रक्षामन्त्रीको अभिव्यक्तिबारे फोरम लोकतान्त्रिकका अध्यक्ष एवं गृहमन्त्री विजयकुमार गच्छदारले धारणा माग गरेपछि माओवादी बोली फेर्न बाध्य भयो । प्रवक्ता दीनानाथ शर्माले विज्ञप्ती जारी गर्दै रक्षामन्त्री शरतसिंह भण्डारीको अभिव्यक्तिलाई पार्टीको कुनै निकायले ‘राष्ट्रघात’ को आरोप नलगाएको प्रष्ट्याएको छ ।
यसअघि माओवादी संसदीय बोर्डले भण्डारीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै राजीनामा माग गरेको थियो । रक्षामन्त्री भण्डारीको राजीनामाका विषयमा भने विज्ञप्तीमा केही उल्लेख गरिएको छैन । ***
तपाईको प्रतिक्रिया