शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं– माओवादीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न भारत भ्रमणका क्रममा दीर्घकालिन महत्व राख्ने कुनै पनि सम्झौता नगर्न निर्देशन दिएको छ ।
मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास नयाँबजारमा बसेको माओबादी स्थायी समिति बैठकले प्रधानमन्त्री भट्टराईलाई यस्तो निर्देशन दिएको स्थायी समिति सदस्य पोष्टवहादुर बोगटीले जानकारी दिनुभयो । बैठकले आसन्न भ्रमणलाई नितान्त सद्भावना भ्रमण बनाउन समेत निर्देशन दिएको बोगटीले बताउनुभयो ।
प्रधानमन्त्री भट्टराई बिहीबार ४ दिने औपचारिक भ्रमणका लागि नयां दिल्ली जाँदै हुनुहुन्छ । माओवादीले भ्रमणमा आर्थिक तथा व्यापार सम्बन्धी मुद्धाहरुलाई जोडदार रुपमा उठाउन समेत प्रधानमन्त्रीलाई भनेको छ । ***
तपाईको प्रतिक्रिया