शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
खाँदबारी– कालो अरिङ्गालले चिलेर संखुवासभाको मांतेवामा कांग्रेस गाउँ ईकाई सभापतिको ज्यान गएको छ ।
घाँस काट्न जादा अरिङ्गालको गोलोले चिलेर मांतेवा गाविस ६ मुलगाउँमा सभापति बौदमान राईको मंगलबार बिहान ज्यान गएको हो । सोमबार साँझ ६ बजे अरिङ्गालको पुरै गोलोले उनलाई चिलेको थियो । अचेत अवस्थामा भेटिएका राईको जीउ भरि अरिङगलको खिल भेटिएको स्थानीय सन्तोष राईले बताउनुभयो ।
स्थानीय स्वास्थ्य चौकी गाँउबाट टाढा भएकाले उपचारका लागि लैजान नसकिएको स्थानीय राईले बताउनुभयो ।
तपाईको प्रतिक्रिया