- समुद्रपारि डटकम दाहाल लुम्बिनी भ्रमण वर्ष संयोजक काठमाडौं- सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै त्यसको संयोजकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राखेको छ । मन्त्रिपरिषद बैठकले फागुन १४ देखि २१ गतेसम्म छैठौं राष्ट्रिय खेलकुद सुदूरपश्चिममा गर्ने निर्णय पनि गरेको छ । प्रकाशित मिति: सोमबार, आश्विन ३०, २०६८ प्रकाशित समय: १४:२०:३४