शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
संखुवासभा– श्रीमान–श्रीमतीबीच घरायसी बिबाद हुँदा आइतबार राति संखुवासभाको सिद्धपोखरीमा ३ जना गम्भीर घाइते भएका छन् ।
सिद्धपोखरी ८ मा ससुराली आएका चैनपुर ९ का २८ बर्षीय कमानसिंह डाँगीले घरायसी बिबादका क्रममा राती पौने ११ बजेतीर श्रीमती १९ बर्षीया सम्झना डाँगीलाई खुकुरी प्रहार गरेका थिए । डाँगीले छोरीलाई खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन खोज्दा ससुरा ४५ बर्षीय खड्गबहादुर खनाल र सासु ४६ बर्षीया गंगालाई समेत घाइते बनाएका छन् ।
खुकुरी प्रहारबाट तीनै जनाको शरिरका बिभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते सबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र खुकुरी प्रहार गर्ने डाँगी भने फरार भएकाले खोजी भइरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
तपाईको प्रतिक्रिया