मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनपछि राजधानीका सडक छेउमा रहेका ठूला र अश्लील विज्ञापनका बोर्डहरु सोमबारदेखि हटाउन सुरु गरेको छ ।
अश्लील तथा ठूला बोर्डका कारण पनि उपत्यकामा सवारी दुर्घटना बढेको ठहर गरेको ट्राफिक प्रहरी जानकारी गराएपछि प्रधानमन्त्री भट्टराईले तत्काल त्सस्ता बोर्डहरु तत्काल हटाउन निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशन बमोजिम सोमबारबाट उक्त कार्य सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी चलाइरहेको अवस्थामा चालकको आँखा त्यस्ता बोर्डमा जाने र सवारी दुर्घटना हुने ट्राफिक प्रहरीको भनाई छ ।
यसअघि आइतबार प्रधानमन्त्री भट्टराईले ट्राफिक प्रहरीको प्रस्ताव अनुसार राजधानीको माइतीघर–भद्रकाली सडक एक साता भित्र सर्वसाधारणका लागि खुल्ला गर्न समेत निर्देशन दिनुभएको थियो । जसअनुसार सो सडक खुलाउँने प्रक्रिया पनि सुरु गरिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया