मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
चितवन- चितवनको टिकौलीमा आइतबार साँझ भएको दुर्घटनामा सशस्त्र प्रहरीका नायब उपरीक्षक (डीएसपी) को ज्यान गएको छ ।
बा १ ब ६३५६ नम्बरको मोटरसाइकलमा भण्डारा जाँदै गरेका सशस्त्र प्रहरी बल गढीमाइगढ भण्डारामा कार्यरत प्रहरी नायब उपरीक्षक अर्जुन धरेलको गाडीको ठक्करबाट ज्यान गएको हो ।
टिकौलीमा रहेको सशस्त्र प्रहरीद्वारा संचालित देवकी ट्रेडर्स पेट्रोल पम्पमा मोटरसाइकलमा पेट्रोल भरेर भण्डारातर्फ जान लाग्दा वीरगन्जबाट नारायणगढतिर जाँदै गरेको  ना ४ ख ४५५७ नम्बरको बसले धरेलको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
धरेलको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया