मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौं- हिन्दु युवा संघका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोप लागेका भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर साहले राजिनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिए ।
माओवादीको तर्फबाट मन्त्री भएका साहले पार्टी निर्णय आत्मसात गर्दै, शान्ति र संविधानलाई पूरा गर्ने दायित्वलाई मनन गर्दै आजैका मितिदेखि राजिनामा दिएको बताएका छन् । मन्त्री साहलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै संसद्समेत अवरुद्ध हुँदै आएको छ ।
यसअघि आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास नयाँ बजारमा बसेको शीर्ष नेताको अनौपचारिक बैठकले विवादमा तानिएका मन्त्री साहलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया