मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- अफगानिस्तानको हेलमन्द प्रान्तको नहर इ सरज क्षेत्रमा सुरक्षा जाँचकाक्रममा आक्रमण हुँदा एक गोर्खा सैनिकको मृत्यु भएको छ ।
द रोयल गोर्खा राइफलको दोश्रो बटालियनमा कार्यरत सैनिकको ज्यान गएको बेलायती दूतावासले आइतबार विज्ञप्ती जारी गर्दै जनाएको छ । सुरक्षा जाँचको बेला सानो समुहमा रहेको विद्रोही समुहले चलाएको गोली लागेर शनिबार ती सैनिकको ज्यान गएको वेलायती रक्षा मन्त्रालयले आज जनाएको छ ।
ती गोर्खा सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन ।
तपाईको प्रतिक्रिया