मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- मुलुक टुक्र्याउने विवादास्पद अभिव्यक्ति दिने रक्षामन्त्री र हत्या आरोप लागेका भूमिसुधार तथा व्यवस्था मन्त्रीलाई बर्खास्त नगरेको भन्दै विपक्षी दलले आइतबार पनि सदन चल्न दिएनन् ।
प्रमुख प्रतिपक्षी कांग्रेस लगायत विपक्षमा रहेका दलहरुले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभू साहको राजीनामा माग गरे । उनीहरुले दुबै घटनामा प्रधानमन्त्री बाबुराम भट्टराईको पनि संलग्नता रहेको आरोप समेत लगाए ।
बैठकको सुरुमा समय लिएर एमाले सभासद् एवं पूर्व मन्त्री भीम रावलले राष्ट्रयि स्वाधिनताको जानकारी नभएको व्यक्ति पदमा बस्न नहुने भन्दै रक्षामन्त्रीलाई हटाउन माग गर्नुभयो ।
कांग्रेस सभासद एवं पूर्व मन्त्री मोहम्मद आफ्ताव आलमले तराई टुक्र्याउँछ भन्ने मन्त्रीलाई कारवाही गर्ने शक्ति प्रधानमन्त्रीमा छ कि छैन भनेर प्रश्न गरे ।
बैठक सोमबारसम्मका लागि स्थगित भयो ।
तपाईको प्रतिक्रिया