मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
लाहान (सिराहा)- घर लिप्ने माटो लिन गएका सिराहाको कर्जन्हाका तीनजनाको माटोको ढिस्कोमा पुरिएर आइतबार बिहान मृत्यु भएको छ ।
प्रहरीका अनुसार कर्जन्हा गाविस-५ का ४५ वर्षीय जय यादव, उनकी १३ वर्षीया छोरी रिंकु र गौतारी गाविस-६ का ४० वर्षीय छट्टुप्रसाद सिंह दनुवारको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
छिमेकी बडगराहमाल गाविस-५ मा वस्तीपुरमा माटो खन्ने क्रममा पुरिएर उनीहरुको आइतबार बिहान ज्यान गएको हो ।
तराईमा चाडबाडमा घर रंग्याउन रातो र सेतो माटोले लिपपोत गर्ने चलन छ ।
तपाईको प्रतिक्रिया