सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं- गैर आवासीय नेपालीहरुको सम्मानमा नेपाली कांग्रेसले शनिबार पार्टी कार्यालयामा चियापान कार्यक्रम आयोजना गरेको छ ।
विश्वभर विभिन्न पेशा र व्यवसायमा संलग्न गैर आवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय साझा संस्था गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको पाँचौँ विश्व सम्मेलनमा सहभागीका लागि कांग्रेसले चियापान कार्यक्रम आयोजना गरेको हो ।
सम्मेलनमा सहभागीहरुको स्वागत र सम्मानमा कांग्रेसको तर्फबाट सभापति सुशील कोइरालाले दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगरमा चियापानको कार्यक्रम आयोजना गर्नुभएको मुख्य सचिव वसन्तकुमार गौतमले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया