सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
 काठमाडौं- विश्वभर विभिन्न पेशा र व्यवसायमा संलग्न गैर आवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय साझा संस्था गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको पाँचौँ विश्व सम्मेलनमा सहभागीका लागि कांग्रेसले चियापान कार्यक्रम आयोजना गरेको छ ।
सम्मेलनमा सहभागी हुन आउनु भएका सम्पूर्ण सहभागीहरुको स्वागत र सम्मानमा नेपाली कांग्रेसको तर्फबाट सभापति सुशील कोइरालाले शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगरमा चियापानको कार्यक्रम आयोजना गरेको मुख्य सचिव वसन्तकुमार गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया