शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

टोकियो- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई स्वदेशमा लगानी गर्नका लागि आह्वान गरेका छन्। उनले सन् २०१२-१३ लाई नेपाल लगानी वर्ष घोषणा गर्ने तयारी भइरहेको बताउँदै नेपालको आर्थिक विकासका लागि लगानीको आह्वान गरेका हुन्।

गैर आवासीय नेपाली संघको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनको बुधबार उद्‍घाटन गर्दै पहिलोपटक प्रधानमन्त्रीका हैसियतले आर्थिक सेल बनाएर काम गर्ने प्रयास थालेको बताए। उनले प्रति ब्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने महत्त्वकांक्षी लक्ष्य राखेको बताउँदै कूल गार्हस्थ उत्पादनको ४५ प्रतिशत लगानी गर्ने वातावरण तयार पार्न आफू लागिपरेको समेत बताए। उनले वार्षिक ७ लाखलाई रोजगार दिन सक्ने वातावरण तयार गर्न आफ़ु प्रयासरत रहेको पनि खुलासा गरे ।

शान्ति प्रकृया पूरा भएपछि र संविधान बनेपछिको एजेन्डा आर्थिक सामाजिक विकास भएको उनको भनाई थियो। आर्थिक विकास नभई शान्ति नहुने बताउँदै उनले दुई महिनामा संविधानको खाका आउने बताए। नेपालमा पहिलेभन्दा वातावरण सहज भएकोले लगानीका लागि कुनै समस्या नभएको उनले बताएका छन । ***

तपाईको प्रतिक्रिया