शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

दोहा – कुटनितिक भ्रमणमा दोहा पुग्नुभएका राष्ट्रपति डा रामवरण यादवले हिजो कतारको प्रमुख रस्लाफान औद्योगिक सहरको भ्रमण गर्नुभएको छ ।

कतारको चारदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति डा. यादवले आफ्नो प्रतिनिधिमण्डलका सदस्यहरूसहित सामुद्रिक क्षेत्र स्थित रस्लाफानको भ्रमण गर्नुभएको हो । राष्ट्रपतिलाई रस्लाफान औद्योगिक सहरका निर्देशकले ग्यास, तेल उत्पादन, कामदार, निर्यात लगायत पक्षबारे जानकारी गराएका थिए ।

हिजो बिहान राष्ट्रपतिले स्वदेश तथा विदेशमा लगानी गर्ने कतारको एक ठूलो कम्पनी कतारी डायर रियलस्टेट  इन्भेस्टमेन्ट कम्पनीको पनि भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा कम्पनीका अधिकारीहरूले विभिन्न देश र विभिन्न क्षेत्रमा गरेको लगानी बारे जानकारी गराएका थिए ।

त्यसैगरी राष्ट्रपतिले आफू बसेको होटल सेराटनमा नेपाली समुदायसँग पनि भेटघाट गर्नु भयो । भेटमा विभिन्न संघसंस्थाका प्रतिनिधि, पेसाकर्मी, व्यवसायीसहित एक सय ५० जनाको सहभागिता रहेको थियो ।

राष्ट्रपति आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया