शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

काठमाडौं – नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंकका उपाध्यक्ष झिओयु झो र प्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ ।

बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष झोले नेपालको आर्थिक विकासमा एडिबीले पुर्‍याउँदै आएको सहयोगका बारेमा छलफल भएको बताए ।

उनले नेपालमा बिहीबारदेखि प्रारम्भ हुने ऊर्जा सम्मेलनमा भाग लिन आफू नेपाल आएको जानकारी दिँदै नेपालको सडक, शिक्षा, ऊर्जा र भौतिक पूर्वाधार विकासका लागि एडिबीले सहयोग गर्दै आएको जानकारी दिए । उपाध्यक्ष झोले नेपाल र एडिबीबीचको सम्बन्ध राम्रो रहेको पनि उल्लेख गरे ।

तपाईको प्रतिक्रिया