शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चिन्तन धेरै काम थोरै हुने छन् । समयमा निणर्य लिन सकिएन भने अवसर गुम्न सक्छ । अरुको काम गरेर जश कम मिल्नेछ । अरुका कुरा बढि नसुन्नु होला । विवाद नगरी काम गर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  भेटघाटमा दिन व्यतित हुनेछ । गर्नु पर्ने कामले प्राथमिकता पाउने छैन । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । मनमा कुरा खेल्न छोड्ने छैन । घरयासी खर्च बढ्नेछ । काम गरेर जश पाईने छैन ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काम गर्न ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । आज गरेका काम भने सफल हुनेछन् । स्वव्यवसायमा सानातिना समस्या आए पनि मेहनत गरेमा स्वतह हटेर जाने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक कुराले बढि पिरोल्नेछ । कारोवार गर्दा सर्तक रहनु होला । ऋण लगानी नगर्नु होला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । काम गर्दा विभिन्न खालका समस्या आउने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सवैलाई आफ्ना ठानेर काम गर्नु भयो भने दुख पाउनु हुनेछ । व्यापारमा, व्यवसायमा सामान्य उतार चढाव आउनेछ । वोल्दा विचार पुर्याउनु होला नत्र घाटा हुनेछ । खर्च गर्दा विचार गर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आजको दिन पनि प्रतिकुल छ नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् । रिसलाई नियन्त्रण गर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा ढिला नगर्नु होला घाटा हुनेछ । सामान्यतया आज गरेका काम सफल हुनेछन् । काम गरे अनुसारको उपलब्धि पनि हासिल हुनेछ । आय व्ययमा परिणत हुनसक्छ विचार पुर्याउनु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समय चक्र राम्रो चलेको छ । काम सरल तरिकाबाट बन्नेछन् । आफ्नो काम सम्पन्न गर्न अरुको मुख ताक्नु पर्ने छैन । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापारमा सुधारका संकेत देखिने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अनावस्यक कुरामा टाउको दुखाई हुनेछ । आर्थिक कुराले बढि पिरोल्नेछ । भाग्यले थोरै साथ दिने देखिन्छ । परिवारबाट कम सन्तुष्टि मिल्नेछ । कामले विस्तारै गति लिनेछ । विवादमा नफस्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । मानसिक चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायमा मन्दि नै आउनेछ । काम गर्ने जोश जागर बढ्ने छैन । आफन्तमा विवाद पर्ला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अरुको भर नपरि काम गर्नु होला आज गरेका काम प्राय सफल हुनेछन् । काम साच्नु भयो भने साचिने छन् । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । विवादित काममा हात नहाल्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । पढाई लेखाई तिर भन्दा अन्य काममा बढि चासो रहनेछ । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुने छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया