शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क रहनु होला । गरेका काम प्राय सफल हुने छन् । काम गर्दा गाह्रो भए पनि परिणामले सन्तुष्टि बनाउने छ । नयाँ कामको अभ्यास हुने छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । वौद्धिक काम हुनेछन् । पारिवारिक समस्या कम हुनेछन् । बन्धुको सहयोग कम प्राप्त हुने छ । मनमा दुविधा बढ्ने छ । कामको बारेमा निर्णय लिदा विचार पुर्याउनु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  धन सम्पतिको विषयमा विवाद चर्किन सक्छ विचार गरेर काम गर्नु होला । रोग व्याधिको भय पनि देखिन्छ । घर परिवारबाट सुख मिल्ने छैन । समय सापेक्ष चल्न सकिएन भने दुख पाईने छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): उत्साहाका साथ काममा लाग्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । काम गर्दा ढिला सुस्ति भने नगर्नु होला आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक समस्या पर्न सक्छ, धन दिने काम आज सके सम्म नगर्नु होला । घरमा पाउना आउने योग देखिन्छ । आफुले सोचे जस्तो कहि हुने छैन । व्यापारमा उधारो काम नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  सानो गल्तिले ठूलो घाटा हुन सक्छ विचार गरेर मात्रै काम गर्नु होला । रमाईलोमा मात्रै लाग्नु भयो भने कामले गति लिने छैन र पछि पश्चताप हुने छ । प्रयत्न गरेमा काम सफल हुने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): फजुल खर्च बढ्ने छ । वैदेशिक क्षेत्र थोरै अनुकुल देखिन्छ । काममा विग्न बाधा आउने सम्भावना भएको हुदा सतर्क भई काम गर्नु होला । व्यापार व्यवसायमा मन्दि आउने छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आय आर्जनका दृष्टिले दिन राम्रो देखिन्छ, बचतमा ध्यान दिनु होला । गरेका कामबाट उचित प्रतिफल पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । आस्था, विश्वास र पराक्रम घट्ने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सतहमा वगेर काम नगर्नु होला । काम गर्दा सानातिना समस्या देखिए पनि गर्दै जादा समाधान भएर जाने छन् । आफुमा भएको उर्जालाई खेर जान नदिनु होला । लेनदेनमा ध्यान दिनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अप्रत्यक्ष रुपमा अरुको उर्जा प्रयोग गरेर काम गर्नु भएमा सफलता मिल्नेछ । नकरात्मक सोचबाट टाढा बस्नु होला । व्यापार व्यवसायमा खासै उन्नति हुने देखिन्न । कारोवार गर्दा चनाखो रहनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आफुले चाहे जस्तो वातावरण मिल्ने छैन । प्रतिकुल परिस्थितिमा काम गर्न गाह्रो हुनेछ । व्यापार व्यवसायमा मन्दि आउने देखिन्छ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  विवादको अन्त्य हुनेछ । आयात निर्यात व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन् ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया