बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – जर्मन एलायन्सले अन्तर्राष्ट्रिय युवा दिवस २०१८ को उपलक्ष्यमा पाँच सामाजिक श्रष्टालाई सम्मान गर्ने भएको छ ।

एलायन्सले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी वातावरणको क्षेत्रमा कार्यरत हुम्लाकी तारा रोका, युवा अधिकारकर्मी ताप्लेजुङ्का मनोज विक, कृषिको क्षेत्रमा कार्यरत स्याङ्जाकी मिनु भुसाल, बालबालिकाको शिक्षा र पुनर्निर्माणको क्षेत्रमा कार्यरत बाग्लुङका राजेन्द्र गौतम र महिला अधिकारकर्मी नेपालगन्जकी बेली यादवलाई चेन्जमेकर अवार्ड २०१८ बाट सम्मान गर्न लागेको जनाएको हो ।

रोका वातावरण संरक्षणको क्षेत्रमा विगत पाँच वर्षदेखि सक्रृय हुनुहन्छ । यहाँले गत वर्ष जापानमा आयोजित वातावरण सम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नु भएको थियो । विक युवा सहभागीता र शशक्तीकरणको क्षेत्रमा कार्यरत हुनुहन्छ भने भने भुसाल कृषिलाई वैज्ञानिक र आधुनिकीकरण गराउन सक्रिय हुनुहन्छ । यस्तै गौतम छात्रवृत्ति कार्यक्रममार्फत नेपालका विभिन्न जिल्लाका करिब एक हजार गरिब तथा जेहेन्दार बालबालिकालाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्दै आईरहनु भएको छ ।

यादव भने लामो समयदेखि महिला अधिकारकर्मीको रुपमा परिचित हुनुहुन्छ । पुरस्कारको राशी जनही एक लाख रुपैयाँ र सम्मान पत्र रहने एलायन्सले जनाएको छ । अवार्ड साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवसका दिन एक विशेष कार्यक्रमको आयोजना गरी काठमाडौंमा प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया