बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – यदि तपाईं जिम गर्न चाहनुहुन्न, उठ्न अल्छी लाग्छ भने त्यसका लागि पनि केही उपाय छन् । त्यसमध्ये केही एक्सरसाइज यस्ता छन्, जुन ओछ्यानमै गर्न सकिन्छ :

सुपरमेन
यो एक्सरसाइजको नामसँगै तरिका पनि रोचक छ । यस एक्सरसाइजका लागि बेडमा पेटको सहाराले घोप्टो परेर अडिनुपर्छ । दुवै हात–खुट्टा माथितिर बनाउनुपर्छ । करिब पाँच सेकेन्ड यस्तै अवस्थामा रहेर सास रोक्ने र त्यसपछि बिस्तारै सास छोड्दै नर्मल अवस्थामा आउनुपर्छ । यो क्रिया करिब २० पटक गर्न सकिन्छ ।

फ्रग लाइफ
बेडमा सुतेर अर्को एउटा एक्सरसाइज गर्न सकिन्छ । घोप्टनुहोस् र आफ्ना दुवै हात जोडेर टाउकोलाई हातमाथि राख्नुहोस् । बिस्तारै सास लिँदै खुट्टालाई माथितिर उठाउनुहोस् । केही समय सास रोक्नुहोस् । फेरि सामान्य अवस्थामा आउनुहोस् । यो एक्सरसाइज तपाईंको एब्सलाई टोन गर्नका लागि सबैभन्दा उत्तम उपाय हो ।

साइडवेज लेग रेज
बेडमा कोल्टे फेर्नुहोस् । त्यसपछि हातलाई स्थिर राखेर खुट्टालाई माथितिर उचाल्दै ९० डिग्रीको एंगल बनाउनुहोस् । थोरै समय फेरि सामान्य अवस्थामा ल्याउनुहोस् । यसो १० पटकसम्म गर्नुहोस् । दायाँबायाँ खुट्टालाई पालैपालो यस्तै गर्नुपर्छ ।

एयर साइकल
उत्तानो परेर सुत्नुहोस् र दुवै खुट्टालाई माथि उठाएर साइकल चलाएजस्तै गरी घुमाउनुहोस् । यसले मांसपेशीलाई बलियो बनाउनुका साथै रक्तसञ्चारको प्रवाहमा पनि समस्या आउन दिँदैन ।

तपाईको प्रतिक्रिया