शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं  – अहिलेको समयमा व्यायामलाई जीवनको महत्वपूर्ण अंग बनाउन आवश्यक छ । मानिसको दैनिकी दिनानुदिन व्यस्त हुँदै छ । स्वस्थकर खाना पाउन पनि निकै गाह्रो छ । त्यसैले शरीरलाई स्वस्थ राख्न व्यायाम निकै आवश्यक छ । हिँड्नु पनि निकै उत्तम व्यायाम हो । बिहान उठेर हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजक हुन्छ । यी हुन् दैनिक ४० मिनेट हिँड्दाका फाइदा :

-जब हामी हिँड्छौँ तब कोषिका र मांसपेशीमा गति उत्पन्न हुन्छ र लचिलो बन्ने गर्छ । यस्तो बानीले रक्तसञ्चार बढ्छ र टाक्सिन्सजस्ता विषादी पदार्थ शरीरबाट बाहिर निस्किएर जान्छ ।

-दैनिक हिँड्ने बानीले जोर्नी पनि स्वस्थ रहन्छ । खुसी दिने रसायन सेरेटोनिन हर्मोनको मात्रा बढ्छ । जसले तनावलाई टाढा राख्ने काम गर्छ । जसकारण हामी अनेक पीडाबाट मुक्त हुन्छौँ ।

-२ देखि ३ किलोमिटरसम्म हिँड्दा पेरिस्टालसिस मुभमेन्ट हुने गर्छ । जसले कब्जियत, अपच, एसिडिटीजस्ता समस्याबाट टाढा रहन सहज हुन्छ ।

-हिँडेपछि हामी थाक्छौँ । र, थकाइले आरामदायी निद्राका लागि टेवा पु-याउँछ । जर्नल अफ क्लिनिकल स्लिप मेडिसिनमा प्रकाशित एक अनुसन्धानका अनुसार दैनिक वर्कआउट गर्दा वा हिँड्दा निद्राको रोग लाग्ने समस्या ५५ प्रतिशतले कम भएर जान्छ ।

-हरेक दिन बिहान हिँड्ने बानीले ब्याड कोलेस्ट्रोल कम भएर जान्छ । टाक्सिन्स बाहिर निस्कन्छ र दिमागमा अक्सिजनको सञ्चार हुने गर्छ । यसले मुटु र मस्तिष्कसँग सम्बन्धित रोगको खतराबाट टाढा राख्ने काम गर्छ ।

तपाईको प्रतिक्रिया