बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बिहानैदेखि जन्मदिनको शुभकामना लिन व्यस्त हुनुहुन्छ । कतिपय संघसंस्था भने केक लिएर नै ओलीकहाँ पुगेका छन् ।६७औं जन्मदिन मनाउँदै गरेका ओलीले बिहान बालुवाटरमा स्थायी कमिटी बैठक बस्नुअघि नै केक काट्नुभएको थियो । जसमा सूर्य अंकित चिह्न बनाइएको थियो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पनि ओलीको जन्मदिनमा शुभकामना दिँदै केक उपहार लगेको थियो । एकेडेमीको टोलीले फुटबल चिह्न अंकित केक लगेको थियो ।यस्तै प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिन भारतीय तथा चिनियाँ राजदूत पनि बालुवाटार पुगेका छन् ।

तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

तपाईको प्रतिक्रिया