शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

 हेटौंडा – मकवानपुरमा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबलको अन्तिम क्वाटर-फाइनलमा आज रुस्लान थ्रीस्टार र सिएमजी संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको भिडन्त  हेटौंडास्थित फरेष्ट्री  खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ । पछिल्ला प्रतियोगिताहरुमा सनसनीपूर्ण खेल प्रर्दशन गर्दै आएका दुबै टोली आज उच्च मनोवलका साथ मैदान उत्रनेछन् ।

यसअघि हिजो भएको तेस्रो क्वाटरफाइनलमा सुदुरपश्चिम ११ लाई टाईब्रेकरमा ५–३ ले हराउँदै विभागीय नेपाल आर्मी प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरेको थियो । विजेताले ५ लाख रुपैयाँ हात पार्ने प्रतियोगितामा ८ टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया