शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं –  ‘मरे तो मुक्ति जिए त मधेस’ यो भनाइ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हो । राजधानीको बिजुलीबजारदेखि बबरमहलका कार्यालयका भित्तामा मात्रै होइन, मधेसका अधिकांश पार्टी कार्यालयमा यो नारा पोतिएको छ ।

मधेस आन्दोलन र निर्वाचनअघि उहाँ यो भनाइमा प्रभावित रहेर मधेसी जनताका पक्षमा लड्दै आए पनि राज्यको सेवा सुविधा लिने मामिलामा भने परिवारबाहिर नजानेमा उहाँनै ठाकुर अब्बल देखिनुभएको छ ।

अध्यक्ष ठाकुरले सम्धी-सम्धिनीप्रति राखेको मोह भने बुझिनसक्नु रहेको राजपाका नेताहरु बताउँछन् । जतिपटक अवसर आउँछ, उहाँले आफ्नो कोटाबाट उतिपटक सम्धी सम्धिनीलाई अवसर दिन छुटाउनुभएको छैन ।

उहाँको कोटाबाट अहिलेसम्म राज्यका उपल्ला निकायमा सहिद परिवारजनले अवसर पाएका छैनन् । यसपटक पनि अध्यक्ष ठकाुरले प्रदेश ५ को प्रमुखमा सम्धी उमाकान्त झालाई नियुक्त दिलाउन सफल हुनुभएको छ ।

उहाँकी सम्धिनी इन्द्रा झा राजपाबाट समानुपातिकतर्फको सूचीको तेस्रो नम्बरमा हुनुहुन्छ । क्रमसंख्याको आधारमा चयन गर्ने हो भने इन्द्रा झा राजपाबाट संसदमा जाने सुनिश्चित छ ।

तपाईको प्रतिक्रिया