शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ता मारिएका छन् ।

दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेका हुन् ।

बच्चालाई पोलियो खुवाउँदै गरेका समयमा दुबै जनालाई गोली हानिएको थियो । कुन आपराधिक समूहले हत्या गरेको भन्ने खुलेको छैन । यसअघि पनि पाकिस्तानमा पोलियो खोप खुवाउनेविरुद्ध आतंकवादी समुहले हत्या गर्दै आएका थिए ।

पोलियो खुवाएर मुसलमानलाई नपुंसक बनाउने षडयन्त्र पश्चिमाहरुले गरेको भन्दै उनीहरु यस अभियानविरुद्ध लागेका छन् । आतंकवादीकै कारण पोलियो अभियान सफल नभएका तीन देश मध्ये पाकिस्तान पनि एक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अरु दुई देशमा नाइजेरिया र अफगानिस्तान रहेका छन् ।

तपाईको प्रतिक्रिया