शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

दाङ – दाङमा जारी राखेप च्याम्पियनशिप अन्तर्गत २८ औँ पुरुष फुटबल प्रतियोगितामा आज सेमिफाइनलका दुबै खेल हुँदैछन् ।

पहिलो सेमिफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मीले सुदुरपश्चिमाञ्चल विकास क्षेत्रसँग प्रतिस्पर्धा गर्नेछ । घोराहिस्थित भरतपुर मैदानमा दिउँसो साढे १ बजे दुई टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ ।

सोही समय, तुलसीपुरस्थित अरनिको खेल मैदानमा दुई विभागीय टोली नेपाल एपिएफ र नेपाल पुलिस अर्को सेमिफाइनलमा भिड्नेछन् । यसअघि हिजो भएका खेलमा आर्मीले पुर्वाञ्चललाई २–० ले तथा एपिएफले पश्चिमाञ्चललाई ४–० ले हराउँदै सेमिफाईनलमा स्थान बनाएका थिए ।

तपाईको प्रतिक्रिया