शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
टोकियो-अर्घाखाँची समाज जापानले अर्घाखाँची भूमिकास्थान नगरपालिका ४ धारापानीका क्यान्सर पीडित अमर बन्जाडेलाई आर्थिक सहयोग गरेको छ। 
जापानमा रहेका अर्घाखाँचीबासीहरूका बिचमा संचालन गरिएको  बन्जाडे बचाऊ अभियानबाट सङ्कलित एक लाख अठहत्तर  हज़ार छ सय छ्यानब्बे  जापानी येन पिडित बन्जाडेलाई   रेमिट्यान्समार्फत उपलब्ध गराईएको  हो  । 
आर्थिक अवस्था कमजोर रहेका बन्जाडे मुख र घाँटीमा क्यान्सर भएपछि  लामो समयदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन। जटिल क्यान्सरका कारण उपचारको लागि लामो समय र धेरै आर्थिक ख़र्च लाग्ने भएपछि बन्जाडेले आर्थिक सहयोगको लागि अनुरोध गरेपछि समाजले रकम संकलन गरि सहयोग प्रदान गरिएको समाजका अध्यक्ष नेत्र  बिष्टले जानकारी दिनुभयो ।
समाजले बिरामी बन्जाडेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै  अभियानमा सहभागि भएर सहयोग गर्ने सबैलाई आभार प्रकट गरेको छ । समाजले यसखालका विभिन्न सहयोगहरु विगतमा पनि गर्दै आइरहेको छ 

 

तपाईको प्रतिक्रिया