शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं –  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १६४ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको हो ।

वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ८० स्थानमा जित हासिल गरेको छ । त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसले २२ स्थानमा जित हात पार्दा राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० स्थानमा जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक÷एक स्थानमा विजयी हुँदा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अब सुनसरी ३ मा मात्रै निर्वाचन परिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेकी भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारबीच कडा टक्कर देखिएको छ ।

तपाईको प्रतिक्रिया