शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनावी सभामा सहभागी हुन चितवनको भरतपुर पुग्नुभएको छ ।

छोरा प्रकाश दाहालको निधन भएको तेस्रो दिन अध्यक्ष दाहाल भरतपुरमा वाम गठबन्धनले आयोजना गरेको सभामा सहभागी हुन भरतपुर पुग्नुभएको हो । उहाँले सभालार्इ भने सम्बोधन नगर्ने बताइएको छ।

सभालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत माओवादी नेताहरुले सम्बोधन गर्दैछन् । अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया