शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – दलहरुबीचको अडानका कारण चिकित्सा शिक्षा विधेयक ब्यवस्थापिका संसदमै थन्किएको छ ।

माथेमा आयोगको प्रतिनिवेदनअनुसार विधेयक पारित हुनु पर्ने माग गर्दै डा. गोविन्द केसीको १३ औं पटकको अनशन जारी रहेका समय दलहरुबीच सहमति हुन नसकेपछि विधेयक संसदमै अलपत्र परेको हो । ब्यवस्थापिका संसदको अन्तिम बैठक भोली बस्ने र सो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी भएपछि विधेयकमा सहमति जुट्ने सम्भावना समेत तत्कालका लागि टरेको छ ।

विधेयकमाथि सहमतिको पहल स्वरुप सभामुख ओनसरी घर्तीले बोलाउनुभएको बैठकमा प्रमुख तीन दलले पुरानै अडान दोहोर्‍याएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित मुख्य दलका प्रमुख सचेतकसमेत सहभागी बैठकमा सभामुख घर्तीले विवाद समाधान गर्दै अगाडि बढ्न दलहरुलाई सुझाउनुभएको थियो ।

अनशनस्थल राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट अपिल जारी गर्दै डा. गोविन्द केसीले आफ्नो विशेषाधिकार प्रयोग गरी विधेयक प्रस्तुत गर्न आग्रह गरेपछि सभामुख घर्तीले आफ्नो कार्यकालमा अन्तिम प्रयास गर्नुभएको हो । सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरुले आ-आफ्नो अडान राखेका थिए ।

तपाईको प्रतिक्रिया