शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – एएफसी अन्डर १६ च्यापिम्यनसिप फुटवलको छनोट चरण अन्तर्गत नेपालले आज समुह डी को आफनो दोश्रो खेलमा भारतसंग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित शसस्त्र प्रहरीको मैदानमा अपरान्ह साढे ३ बजे पछि सुरु हुनेछ । ने

पाल पहिलो खेलमा डिफेन्डिङ्ग च्याम्पियन ईराक सँग १ शुन्य गोल अन्तरले पराजित भएको थियो ।  प्यालेष्टाईन माथि ३– ० ले विजयी भएको भारत बलियो टोली हो । नेपालले छनोटको आशा जिवितै राख्न भारतलाई पराजित गर्नैपर्ने दबाब छ ।

भारत विरुद्ध गत महिना सम्पन्न साफ अण्डर १५ च्याम्पियनसिपका दुवै खेलमा नेपाल २–१ ले पराजित भएको थियो । यसैबिच,भुटानमा जारी साफ अण्डर १८ च्याम्पियनसिपमा डिफेन्डिङ्ग च्याम्पियन नेपालले आज माल्दिभ्स सँग प्रतिस्पर्धा गर्दैछ ।

चाङ्गलीमीथाङ्ग स्टेडियम थिम्पुमा खेल अपरान्ह सवा ४ बजे पछि सुरु हुनेछ । पहिलो खेलमा आयोजक भुटान सँग १ शुन्यले पराजित नेपाल पहिलो जितको खोजीमा हुनेछ । विपक्षी माल्दिभ्सले भने दुवै खेल हारेको छ ।

तपाईको प्रतिक्रिया