शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले विश्वमा हाल ४ करोड मानिस आधुनिक दासको रुपमा फसेको जनाएको छ ।

आइएलओले संयुक्त राष्ट्र संघीय महासभामा पेश गरेको प्रतिवदेनले आधु्निक दासको रुपमा फसेकामध्ये ७१ प्रतिशत अर्थात २ करोड ९० लाख महिला रहेको जनाएको हो । यस्तै, १५ करोड २० लाख बालबालिका श्रमिकका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

जसमा सबैभन्दा बढी अफ्रिकामा करिव ७ करोड २१ लाख, एसियामा ६ करोड २० लाख, अमेरिकामा एक करोड ७ लाख, युरोप तथा मध्य एसियामा ५५ लाख र अरव राष्ट्रमा १२ लाख बाल मजदुर छन् । आइएलओका अनुसार झन्डै ३७ प्रतिशत बालबालिकाको जर्वजस्ती विबाह गराईन्छ । आइएलओले वाक फ्रि फाउन्डेशन र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयकार्यमा सो प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन अनुसार सन् २०१६ मा मात्रै करिब २ करोड ५० लाख मानिसलाई जवर्जस्ती श्रममा लगाइएको छ । जसमा एक करोड ६० लाख मानिसहरु घरेलु, निर्माण, कृषि लगायत निजी क्षेत्रबाट शोषणमा परेका छन् । करिब ५ लाख मानिस जर्वजस्ती यौन शोषणमा परेको प्रतिवेदनमा उल्लेख छ ।

आइएलओका महानिर्देशक गे रायडरले नयाँ बिश्वयापी तथ्याङ्कले जबर्जस्ती श्रम र बाल मजदुरी नियन्त्रणका लागि हस्तक्षेप गर्न सहयोग पुग्ने बताउनुभयो । वाक फ्रि फाउन्डेशनका संस्थापक अध्यक्ष एन्ड्रुयू फर्रेष्ट ओले यो लाजमर्दो अवस्था भएको भन्दै वास्तविकता परिवर्तनका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया