शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपालमा हालै तराई क्षेत्रमा भएको बाढी तथा डुबानको लागि भारतले सीमा क्षेत्रमा बनाएका बाँधलाई जिम्मेवार ठहराइएको छ । बाढीले नेपालमा मात्र होइन भारतमा पनि असर गरेको छ । र, भारतमा चाहीँ उक्त बाढीको लागि मुसालाई जिम्मेवार ठहराइएको छ ।

भारतको बिहार राज्यका जल संसाधन मन्त्री राजीव रन्जनले राज्यमा आएको बाढीका लागि मुसा जिम्मेवार रहेको बताएका हुन् । बिहारमा हालैको बाढीबाट ५ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् र एक करोड भन्दा धेरै मानिस विस्थापित भएका छन् ।

मन्त्री रन्जनका अनुसार बाढी रोक्नका लागि जो तढबन्ध बनाइएको थियो ती तटबन्धमा मुसाले भ्वाङ पारेका कारण तटबन्ध कमजोर बन्दा बाढीले क्षति पर्‍याएको हो । तर जनताहरुले भने सरकारले सडक तथा अन्य संरचना बनाउँदा पानीको निकासलाई ध्यान नदिएका कारण बाढीको समस्या निम्तिएको बताउँछन् ।

स्मरण रहोस् बिहारमा कुनै समस्याका लागि मुसालाई जिम्मेवार मानिएको यो पहिलो घटना होइन । यहीँ वर्ष सरकारी अधिकारीहरुले जफत गरेको हजारौँ लिटर रक्सी एकाएक गायब हुनुमा पनि मुसाकै दोष देखाइएको थियो ।

प्रतिबन्धित रक्सी मुसाले नै पिएर रित्याएको दाबी अधिकारीहरुले गरेका थिए ।बीबीसी

तपाईको प्रतिक्रिया