शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्दको राष्ट्रपति बन्ने प्रक्रियाले बिहीबार औपचारिकता पाएको छ । उम्मेदवारीकै क्रममा उनको जित पक्का देखिएको थियो । र, अाज औपचारिक घोषणा भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ७ लाख २ हजार ४४ अर्थात ६५.३५ प्रतिशत मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३ लाख ६७ हजार ३१४ अर्थात ३४.३५ प्रतिशत मत पाइन् ।

बिहारको राज्यपाल रहेका कोविन्दको नाम राष्ट्रपतिको उम्मेदवारीको दौडमा खासै चर्चामा थिएन । तर, वीजेपीले रणनीतिक रुपमा उम्मेदवार मात्र बनाएन, जिताएको पनि छ ।

रामनाथ कोविंद बिहारका राज्यपाल थिए ।

शुरुमा राष्ट्रपति उम्मेद्वारको दौडमा उनको नाम उतिसारो चर्चामा थिएन् । भारतीय जनता पार्टीको उत्तर प्रदेशका दलित नेता उनी दुई पटक राज्यसभाका सदस्य भएका थिए ।

कोविंद भारतका नयाँ राष्ट्रपति निर्वाचित
उनीसँग दिल्ली हाइकोर्टसुप्रीम कोर्टमा १६ वर्ष कानून व्यवसायीको रुपमा अभ्यास गरेको अनुभव उनीसँग रहेको बीबीसीले उल्लेख गरेको छ । उत्तर प्रदेशबाट सन् १९९४ मा राज्यसभामा प्रवेश गरेका कोविंद १२ वर्षसम्म सांसद रहे ।

त्यसक्रममा उनले आदिवासी, पेट्रोलियम र प्राकृतिक ग्यास, सामाजिक न्याय, कानून न्याय व्यवस्था र राज्यसभा हाउस कमिटी लगायतका विभिन्न संसदीय समितिमा सदस्य र अध्यक्षको रुपमा काम गरेका थिए ।

सक्रिय सांसद
कोविंद गभर्नर्स अफ इंडियन इन्स्टिट्युट अफ म्यानेजमेण्टको पनि सदस्य थिए । सन् २००२ मा उनले संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गरेका थिए । उनले अन्य कयौं देशको भ्रमण गरेका छन् । उनले विद्यार्थी कालमा समेत संविधानमा सूचिकृत जाति, जनजाति र महिलाको हकहितको पक्षमा सक्रिय भूमिका निर्वाह गरेको पाइन्छ।

१२ वर्ष सांसद हुँदा उनले शिक्षासँग जोडिएका कयौं मुद्दाहरु उठाएका थिए । कानून व्यवसायमा हुँदा उनले गरीब र दलितको पक्षमा निशुल्क कानूनी लडाईं लडेको पनि बताइन्छ । सन् १९७४ मा सविता कोविंदसँग वैवाहिक सम्बन्धमा गाँसिएका उनका एक छोरा र एक छोरी छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया