Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – फ्लोरिडाका म्याक्सवेल अजारेलो नामका एक व्यक्तिले अप्रिल १९ मा म्यानहट्टन अदालतबाहिर आफूलाई आगो लगाएका थिए। घटनापछि म्याक्सवेललाई गम्भीर अवस्थामा कर्नेल विश्वविद्यालयको बर्न युनिटमा भर्ना गरिएको छ । उक्त व्यक्तिले आफूलाई आगो लगाएको समयमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मुद्दामा अदालतभित्र सुनुवाइ चलिरहेको थियो । यस क्रममा अदालतबाहिर ठूलो संख्यामा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । घटनापछि आएको भिडियो फुटेजले स्तब्ध बनाउने खालको रहेको छ । आगजनी गरेपछि घटनास्थलमा उपस्थित सुरक्षाकर्मीहरू यता उता दौडिरहेको देखिन्छ ।

जब यो घटना अदालतबाहिर भयो, त्यतिबेला सीएनएनको क्यामेरा चलिरहेको थियो । धेरै समाचार च्यानलहरू ट्रम्पको मुद्दा कभर गर्न भेला भएका थिए। म्याक्सवेल अजरेलोले आफूलाई पेट्रोल छरेर आगो लगाउनुअघि पर्चा बाँडिरहेका थिए। हाल उनको अवस्था चिन्ताजनक छ । यो घटनाका क्रममा व्यक्तिले क्यामेराको अगाडि आगो लगाएको र यो गम्भीर विषय भएकाले सञ्चारकर्मीलाई समस्या परेको थियो तर नैतिकताका आधारमा जलाउने व्यक्तिको भिडियो फुटेज देखाउन नसकिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया