शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नागोया – गैरआवासीय नेपाली संघ जापानको तोकाई होकुरिकु क्षेत्रीय समितिको हालै सम्पन्न छैठौ अधिवेशनबाट संयोजकमा दिपक केसी चयन भएका छन् ।

यसैगरी उपसंयोजकमा दिलिप राना मगर, सचिवमा श्याम शितल, सहसचिवमा ध्रुबराज सुबेदी, कोषाध्यक्षमा सिता कोइराला र सदस्यहरुमा सुदिप घिमिरे, ध्रुब गौतम, ज्ञानेन्द्र रायमाझी, विनयकुमार जीसी, सुशिल पौडेल र नवराज थापा चयन भएकाछन् ।

रिक्त रहेको उपसंयोजक एक र एकजना सदस्य भने नयाँ कार्यसमितिको पहिलो बैंठकले चयन गर्ने नवनिर्बाचित संयोजक केसीले जानकारी दिए ।

अधिबेशनमा संयोजकका लागि दिपक केसी र राजकुमार अधिकारी बिच चुनाब हुने स्थिति देखिएपछि आपसी समझदारीमा गोला प्रथा गरिएको र सो अनुसार केसी चयन भएको निर्वाचन समितिको संयोजक याम खत्रीले जानकारी दिए ।

म्याग्देली प्रवासी नेपाली संघ (MONA) जापानका वरिष्ठ उपाध्यक्ष समेत रहेका संयोजक केसी नागोया क्षेत्रमा चिरपरिचित समाजसेवी एवं युवा ब्यवसायी हुन् । शनिवार भएको अधिवेशनमा आइचीकेन, मियकेन र गिफुकेनबाट आएका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । ***

तपाईको प्रतिक्रिया